aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

सानिमा बैंक काठमाडौंको टोखामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
सानिमा बैंक काठमाडौंको टोखामा

काठमाडौं । सानिमा बैंकले मंललबारबाट काठमाडौंको टोखा‐६ (ग्रान्डि हस्पिटल नजिकै)मा, बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठज्यू र हरिवंश आचार्यज्यू (मह जोडी) द्वारा गरेका छन । 

समुद्घाटन् समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका थिए  ।

 त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि आग्रह गरेका थिए । सानिमा बंैकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टरर ९० वटा ए.टि.एम. संचालनमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस