
काठमाडौैं । सनराइज बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बैंकमा १९ महिना काम गरेर विवादमा परेपछि जनक शर्मा पौडेलले राजीनामा गरेपछि खालि रहेको उक्त पदमा शर्मालाई नियुक्त गरेको बैंकका एक सञ्चालकले बताए । बुधबार विहान बसेको बैंकको सञ्चालक समितिले शर्मालाई नियुक्त गरेको हो ।
पौडेललाई सनराइजमा ल्याउन पहिला नै शर्मालाई नियुक्त गरिएको थियो । तर सञ्चालक समितिमा विवाद भएपछि शर्मालाई हटाएर पौडेललाई नियुक्त गरिएको थियो ।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गरिसके पछि सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो करियर शुरु गरेका हुन । सात वर्षसम्म एसबीआई बैंकमा काम गरिसकेपछि सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबिए डिग्री हासिल गर्नुभएका श्री शर्मा अर्थशास्त्र र एमबिए ईन फाईनान्समा स्वर्ण पदक विजेता पनि हुन ।
नेपाल फर्केपछि शर्माले एनएमबी बैंकमा १० वर्ष, माछापुच्छे बैंकमा ३ वर्ष र ग्लोबल आईएमई बैंकमा ६ महिना काम गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको रुपमा सनराइज बैंकमा आबद्ध हनु अघि शर्माले माछापुच्छ्रे बैंकमा २१ महिना प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसेका थिए । प्रमुख कार्यकारी अधिकृत सुमन शर्माको बैकिङ्ग क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ ।
प्रतिक्रिया दिनुहोस