
काठमाडौं । बुधवार कारोबारको तेस्रो घण्टासम्म गोर्खाज फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेको छ । यस अवधिसम्म कम्पनीको शेयरमूल्यमा सर्वाधिक बृद्धि भएको हो । प्रतिकित्ता रू. ४० ले बढेर गोर्खाज फाइनान्सको शेयरमूल्य रू. ४४० पुगेको हो ।
यो दिन कम्पनीको शेयर खरिद चाप उच्च हुदाँ मूल्यमा उच्च बृद्धि देखिएको हो । २ बजेसम्मको कारोबार अवधिसम्म कम्पनीको २ लाख १७ हजार ३६५ कित्ता शेयर खरिद माग रहेको छ भने विक्री कर्ता शून्य रहेका छन् । कम्पनीको शेयर न्यूनतम रू. ३९७ देखि अधिकतम रू. ४४० सम्म खरिद गर्ने माग रहेको छ ।
प्रतिक्रिया दिनुहोस