aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एन आई सी एशियाकोे एकैसाथ ३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
एन आई सी एशियाकोे एकैसाथ ३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले ३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएकोे छ ।

सोही क्रममा सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा आपm्नो ३३, ३४ र ३५ औंं शाखारहित बैंकिङ्ग सेवा असार ४ गतेबाट संचालनमा ल्याएको हो । 

बैंकले संचालनमा ल्याएको सीतापुर शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष राम बल्लभ साहज्यू र विशेष अतिथिको रुपमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री रविन्द्र कुमार महतज्यू र वडा नं. ६ का वडा अध्यक्ष सुरेश कुमार साह सुरीको उपस्थितीमा भएको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाका बैंक प्रतिनिधिको रुपमा रमेश गुप्तालाई नियुक्त गरिएको छ ।

यसै गरीे गाडागल्ली र मेचीडाँगी शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन मेचीनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष पासाङ्ग तामाङ्गले गर्नुभयो । गाडागल्ली शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा श्रीमती भावना श्रेष्ठ र मेचीडाँगी शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा लोकनाथ लामिछानेलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्नेछन् । 

साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंँड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । 

यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने जनाएको छ । 

बैंकले मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउण्टर एवं ३५ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस