aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

लक्ष्मी बैंकको १२६औं शाखा सर्लाहीको मलंगवामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ माघ २०७७
लक्ष्मी बैंकको १२६औं शाखा सर्लाहीको मलंगवामा

काठमाडौं । लक्ष्मी बैंकले १२६औं शाखा सर्लाही जिल्लाको मलंगवामा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२६ शाखा, ६ एक्सेन्शन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेका छन ।
 

प्रतिक्रिया दिनुहोस