aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

इन्फ्रास्ट्रक्चर बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ माघ २०७७
इन्फ्रास्ट्रक्चर बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । बैंकले ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको एक सूचना जारी गर्दै जानकारी दिएको हो । 

बैंकको सञ्चालक समितिको बैठकले बैंकको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको हो । 

अब बैंकको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत हुने सूचनामा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस