aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वको नेशनल लाइफको ९२ हजार २६६ कित्ता शेयर बिक्री गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ माघ २०७७
एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वको नेशनल लाइफको ९२ हजार २६६ कित्ता शेयर बिक्री गर्दै

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९२ हजार २६६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले माघ २९ गते (आज) देखि उक्त संस्थापक शेयर विक्रीका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको हो । उक्त संस्थापक शेयरका लागि आगमी फागुन ७ गतेसम्म बोलपत्र पेश गर्न सकिने छ ।  

कम्पनीको शेयर खरिद गर्न इच्छुक प्रचलित कानुन बमोजिम योग्य लगानीकर्ताहरुले के कति दर भाउमा लिन कबुल गर्ने हो तोकिएका शर्त पुरा गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न अनुरोध गरिएको छ । शेयर खरिदका लागि न्यूनतम मूल्य ५८२ रुपैयाँ तोकिएको छ । 

बोलपत्र आवेदन फाराम एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालय, एनआइसी एशिया बैंकको कर्पाेरेट कार्यालय थापाथली र शाखा कार्यलयहरु विराटनगर, मोरङ, आदर्शनगर बीरगञ्ज पर्सा, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाईन धनगढी र विरेन्द्रचोक सुर्खेतमा पाइने छ ।  

प्रतिक्रिया दिनुहोस