aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बैंक अफ काठमाण्डूले ल्यायो ‘भ्यालेन्टाइन डे’ मा विशेष अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ माघ २०७७
बैंक अफ काठमाण्डूले ल्यायो ‘भ्यालेन्टाइन डे’ मा विशेष अफर

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहकहरुलाई “भ्यालेन्टाइन डे” को अवसरमा गरगहना खरिदको लागि ईएमआई सुबिधा ल्याएको छ । सामान्यतया भ्यालेन्टाइन डे मा आफुलाई मन पराउने मायालुलाई उपहार स्वरुप विभिन्न गरगहनाहरु दिने चलन चल्दै आईरहेको छ । 

यसै अवसरलाई मध्यनजर गर्दै यस बैंक अफ काठमाण्डू लिमिटेडले बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वैलर्स, लबिम मलसंगको सहकार्यमा ग्राहक महानुभावहरुलाई गरगहना खरिदको लागि ईएमआई सुबिधा ल्याएको छ । यस ईएमआई सुबिधामा ग्राहकहरुले ४० हजार देखी ५ लाखसम्मको गरगहना खरिद गर्न सक्नेछन् ।  

साथै, यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहकले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्नेछन् भने १२ महिनाको भुक्तानी अवधिमा ग्राहकहरुलाई २ महिनाको किस्ता छुट हुने बैंकले जनाएको छ । 

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 
 
 

प्रतिक्रिया दिनुहोस