aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा नियुक्त

   काठमाडौं । सनराइज बैंकको सञ्चालक समितिले नायव प्रमुख कार्यकारी पदमा अधिकृतमा आशा राणा अधिकारी बढुवा गरेको छ ।   संचालक समितिको  जेठ २२ गतेको बैठकको निर्णय अनुसार राणा अधिकारीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको  बैंकले  जनाएको छ । 

साथै निजले हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालिरहेकी छिन । विगत ३१ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहनुभएकी  राणा अधिकारी सनराइज बैंकमा बैंकको स्थापनाकालदेखि नै कार्यरत रहेकी छिन । सनराइज बैंकमा आउनु अघि उनले हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्ष भन्दा बढीको अनुभव  रहको छ ।

राणा अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट एम. बि. ए.मा प्रथम श्रेणीमा प्रथम भइ महेन्द्र विद्याभूषण लगायत विभिन्न विभूषण तथा स्वर्ण पदकहरm प्राप्त गरेकी छिन । उनले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक तालिमहरुमा समेत सहभागी रहेको अनुभव रहेको बैंकले जनाएको छ ।  


 

प्रतिक्रिया दिनुहोस