aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

ज्योति विकास बैंकले दियो ३ स्वास्थ्य संस्थालाई बेबी वार्मर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ माघ २०७७
ज्योति विकास बैंकले दियो ३ स्वास्थ्य संस्थालाई बेबी वार्मर

काठमाडौं । ज्योति विकास बैंकले प्राथमिक स्वास्थ्य केन्द्र, आम्दा अस्पताल र जिल्ला अस्पताल दिक्त्तेललाई एक एक थान बेबी वार्मर प्रदान गरेको छ । बैंकले संयुक्त रुपमा ३ स्वास्थ्य संस्थालाई सो बेबी वार्मर प्रदान गरेको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।

बैंकले हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत् राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा हालसम्म जम्मा ७ वटा बेबी वार्मर प्रदान गरिसकेको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाखभन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीहरुलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस