
काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्सको दोस्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की काठमाण्डौमा एक समारोहकाबीच पानसमा बत्ती वाली शुरु गरेका थिए ।
उद्घाटन कार्यक्रममा डा. कार्कीले अहिले ३१ औं मर्चेन्ट बैंकरको रुपमा सेञ्चुरी क्यापिटल आएकोले थुप्रै प्रतिस्पर्धा, चुनौतीहरु अगाडि छन, तालिम प्राप्त योग्य कर्मचारी, पर्याप्त अनुसन्धान सहित धितोपत्र बोर्डले ल्याएका नयाँ क्षेत्रका कामहरुलाई अवसरको रुपमा लिई अघि वढन सुझाव दिएका थिए ।
समारोहमा सेञ्चुरी कमर्सियल बैंक लि.का प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतम र मर्चेञ्ट बैंक एशोसिएशनका अध्यक्ष धु्रव तिमिल्सिनाले सबै अवसरहरुलाई सकारात्मक रुपमा लिएर चांडै उत्कृष्ट मर्चेञ्ट बैंकरको रुपमा स्थापित हुन सफल होस् भन्ने शुभकामना व्यक्त गरे ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत झविन्द्र खत्रीले स्वागत मन्तव्य र संस्थाका कानूनी सल्लाहकार पुरुषोत्तम प्रसाद घिमिरे संस्थाका अध्यक्ष रणबहादुर श्रेष्ठको सहाभगिता रहेको थियो ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७३ साल श्रावण २६ गते दर्ता भई नेपाल धितोपत्र बोर्डबाट मिति २०७५ साल फाल्गुण २ गते मर्चेञ्ट बैंकिंग कारोवार गर्ने ईजाजत पाएको यस कम्पनीको अधिकृत पूंजी ३० करोड, जारी पूँजी २५ करोड र हालको चुक्ता पूँजी २० करोड रहेको छ ।
चुक्ता पूँजी मध्ये संस्थागत लगानीकर्ता सेञ्चुरी कमर्सियल बैंक लि. को ८५.७५ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको १४.२५ प्रतिशत संस्थापक शेयर रहेको छ ।
प्रतिक्रिया दिनुहोस