
काठमाडौं । महालक्ष्मी विकास बैंकले माघ २९ गते बसेको सञ्चालक समितिको ४७५ औं बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । साथै उनलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको बैंकले जनाएको छ ।
बिगत १२ बर्ष देखि बैंकमा कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ अनुभब रहेको छ ।
प्रतिक्रिया दिनुहोस