काठमाडौं । इन्टरनेशनल डेभलपमेन्ट बैंक नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी)मा विलय भएपछि हराएका रामराजा खड्का चार वर्षपछि बैंकको सञ्चालक भएर आएका छन् । इन्टरनेशनल डेभलपमेन्ट बैंक एनसीसी बैंकमा लिलय हुनपूर्व खड्का प्रमुख कार्यकारी अधिकृत थिए । वित्तीय क्षेत्रमा २० वर्षको अनुभव भएका खड्कालाई एनसीसी बैंकले आइतबार विज्ञ सञ्चालकमा नियुक्त गरेको छ।
इन्टरनेशनल डेभलपमेन्ट बैंक एनसीसीमा लिलय भएपछि केहि समय नायव महाप्रबन्धक भएर केही समय काम गरे। योबीचमा खड्का शुभलक्ष्मी सिमेन्टको प्रवन्ध निर्देशक समेत भएका थिए ।
प्रतिक्रिया दिनुहोस