काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको सहुलियतपूर्ण कर्जा र पुनकर्जा लिने ऋणीको नाम सार्वजनिक हुने भएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरेका हुन् ।
सहुलियतपूर्ण कर्जाहरुको दुरुपयोग भएको गुनासो आएपछि गभर्नर अधिकारीले यसलाई सार्वजनिक गर्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस