
काठमाडौं । कोभिडबाट प्रभावित उद्यमी व्यससायीहरूले २०७८ असार मसान्तसम्म ऋणको पुर्नतालिकरण तथा पुनरसंरचना गर्न गर्न पाउने भएको छ ।
राष्ट्र बैंकले आज आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत असार मसान्तसम्म ऋणीले चाहेमा ऋणको पुर्नतालिकरण तथा पुनरसंरचना गर्न पाउने व्यवस्था गरेको हो । तर, ऋणीले यो अवधिमा पनि ५ प्रतिशत ब्याज भने तिरीनै रहनुपर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस