aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
नेपाल बैंक

नेपाल बैंकका अध्यक्षको राजीनामाबारे गभर्नर : उहाँलाई असजिलो लाग्यो, छोड्नुभो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ फागुन २०७७
नेपाल बैंकका अध्यक्षको राजीनामाबारे गभर्नर : उहाँलाई असजिलो लाग्यो, छोड्नुभो

काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारीको राजीनामाबारे नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुख खोलेका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कार्यक्रममा गभर्नर अधिकारीले नेपाल बैंकका अध्यक्षको राजीनामा व्यक्तिगत भएको बताएका हुन् । 

‘उहाँ आफूलाई असजिलो लाग्यो, छोड्नुभो । उहाँको नेतृत्वमा बैंकले राम्रो गरिरहेको थियो । जहाँसम्म वित्तीय विवरण स्वीकृतिको विषय छ, यसबारे अर्थ मन्त्रालय र राष्ट्र बैंकले गहन रुपमा छलफल गरेको छ,’ अधिकारीले भने, ‘सरकारको स्वामित्व भएका संस्थाले पूरा गर्नुपर्ने दायित्वबारे कम्पनी ऐनले पनि केही बोलेको छ । यी कुराहरुको कम्युनिकेसन ग्याप भएकोले यो अवस्था आएको हो ।’

यसअघि बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा पनि यसबारे प्रश्न सोधिएको थियो । त्यतिबेला अधिकारीले कुनै पनि जवाफ दिएका थिएनन् ।
 

प्रतिक्रिया दिनुहोस