aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
राष्ट्र बैंक

कोभिड प्रभावित व्यवसायीलाई राष्ट्र बैंकको थप राहत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ फागुन २०७७
कोभिड प्रभावित व्यवसायीलाई राष्ट्र बैंकको थप राहत

काठमाडौं । कोभिड प्रभावित व्यवसायीलाई राष्ट्र बैंकको थप राहत दिएको छ । यसअघि १० प्रतिशत ब्याज दिएर पुनर्संरचना र पुनर्तालिकीकरण गर्न नसकेका ऋणीलाई थप सहुलियत दिँदै नेपाल राष्ट्र बैंकले हालसम्मको ब्याजको ५ प्रतिशत मात्रै भुक्तानी गरी कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गरिदिने व्यवस्था गरेको हो ।

साउन २ गते ल्याएको मौद्रिक नीतिमा राष्ट्र बैंकले कर्जाको किस्ता र ब्याज भुक्तानीका लागि ६ महिना, ९ महिना र १ वर्षको समय दिँदै सो अवधिमा किस्ता र ब्याज तिर्न नसक्नेलाई १० प्रतिशत ब्याज तिरेर पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको थियो । 

तर, पर्यटन, होल लगायतका क्षेत्रले १० प्रतिशत ब्याज समेत तिर्न नसक्ने बताएको र राष्ट्र बैंकले पनि त्यही अवस्था देखेपछि यसलाई ५ प्रतिशतमा झार्न लागिएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस