
काठमाडौं । १० मेगावाट भन्दा कम क्षमताका जलविद्युत् आयोजनाले विशेष पुनरकर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्ता आयोजनलाई विशेष पुनरकर्जा उपलब्ध गराउने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १० मेगावाट सम्मका जलविद्युत् आयोजनालाई विशेष पुनर्कर्जामा पहुँच उपलब्ध गराउने बताए । साना जलविद्युत आयोजनाले पनरकर्जा नपाएको भन्ने गुनासो राष्ट्र बैंकमा आएका बैंकले जानकारी गराएको छ । तयसैले राष्ट्र बैंकले यस्तो नीति लिएको हो ।
प्रतिक्रिया दिनुहोस