काठमाडौं । शेयर कर्जाको मार्जिन घटाउने भन्ने हल्ला असत्य सावित भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले यस्तो मार्जिनमा कुनै पनि परिवर्तन नगर्ने नीति लिएसँगै बजारमा चलेको हल्ला असत्य सावित भएको हो ।
समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको सूचकहरुले अर्थतन्त्रको स्थायित्वमा कायम गर्न सहयोग गरिरहेको भन्दै तत्कालै यसलाई परिवर्तन नगरिएको प्रष्ट पारे ।
तर, आगामी दिनमा आवश्यकता अनुसार यस्तो व्यवस्था गर्न सकिने समेत राष्ट्र बैंकले जनाएको छ । अहिले बैंक तथा वित्तीय संस्थामा ऋणको माग बढ्दै गएको छ । यसरी माग हुनुको प्रमुख कारण शेयरबजार र जग्गाको मूल्य वृद्धि भएको राष्ट्र बैंकको बुझाई छ ।
प्रतिक्रिया दिनुहोस