हिमालयन बैंकमा रहेकाको पाकिस्तानको हबिब बैंकको संस्थागत शेयर खरिदमा बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन ग्रोउप (सिडीसी) ले चासो देखेको छ ।
बैंकको स्थापनाकाल देखि नै रहेको हबिबको २० प्रतिशत शेयर खरिदका बिषयमा बैंक र सिडीसीबीच पछिल्लो लामो समय छलफल चलिरहेको छ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाका अनुसार दुवै कम्पनि ड्यु डीलिजेन्स अडिट गर्ने प्रक्रियामा छन्। सो प्रक्रिया सकिएपछि दुवै पक्षलाई चित्त बुझेमा खरिद बिक्रीको काम अगाडी बढाइनेछ ।
यसअघी नेपालको अर्को बाणिज्य बैंक एनएमबी बैंकमा कर्जा लगानी गर्दै सिडीसी नेपालमा औपचारिक रुपमा प्रवेश गरेको थियो । यो समाचार आजको आर्थिक अभियानमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस