
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा फागुन ४ गते मंगलवारसम्म मागभन्दा करिब ६० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार मंगलवार साझ ५ बजेसम्म १४ लाख ४४ हजार ५८८ जना आवेदकले २ करोड २४ लाख ८२ हजार ७२० कित्ताका लागि आवेदन दिएका हुन ।
जुुन मागभन्दा ५९ दशमलव ९५ गुणा बढी हो । कम्पनीले माघ ३० गतेदेखि सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । यस आईपीओमा फागुन ५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिकित्ता रू. १०० अंकित दरको कुल ४ लाख कित्ता आईपीओमध्य ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखेको छ । यो आईपीओमा आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड रहेको छ ।
आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड पुग्नेछ । आर्थिक वर्ष २०७६÷७७ सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५७ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ३१३ दशमलव १६ रहेको छ ।
प्रतिक्रिया दिनुहोस