aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ फागुन २०७७
कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य

काठमाडौं । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि कुमारी बैंक लिमिटेड र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । उक्त सहकार्य अन्तर्गत ठमेल पर्यटन विकास परिषदमा आबद्ध रजिष्टर्ड सदस्य व्यवसायीहरुलाई उक्त कर्जा सुविधा प्रदान गरिने छ ।  

यसरी प्रदान गरिने अधिविकर्ष तथा चालु पूँजी कर्जा लगायत आवधिक कर्जाको सीमा अधिकतम १५ लाख रहने छ । उक्त कर्जाहरु व्यवसायको संचालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ । उक्त कर्जा, आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने छ ।   

आफ्ना देशव्यापी १९२ शाखा संञ्जाल, १५६ एटिएम, २३ शाखा रहित बैंकिंग ईकाई र १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिंग सेवा सुविधाहरु उपलब्ध गराइरहेकोे कुमारी बैंकले स्थानिय अर्थ व्यवस्था, खासगरी पर्यटन व्यवसायको बिकासको निमित्त आगामी दिनहरुमा अझ प्रभावकारी सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस