aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ फागुन २०७७
फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन

 काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधवार फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको प्रस्तावित २५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

 कम्पनीको मंगलवार कायम अन्तिम शेयरमूल्य रू. ३ हजार ३४८ को आधारमा मूल्य समायोजन गरी रू. २ हजार ६७८ तोकेको हो । कम्पनीले यस वर्ष गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ६ दशमलव ५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड ४ लाख १५ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले फागुन २१ गते ८औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते बुक क्लोज गरेकाले नेप्सेले मूल्य समायोजन गरेको हो । मूल्य समायोजनपछिको मूल्यमा शेयर खरिद गरेकाहरुले कम्पनीको प्रस्तावित लाभांश पाउनेछैनन् । 
 

प्रतिक्रिया दिनुहोस