
काठमाडौं । फाइनान्सीयल नोटिसेस् एप्समा नयाँ फिचरहरु सार्वजनिक गरेको छ । कम्पनीले स्वरस्वती पूजाको अवसरक पारेर वित्तीय साक्षरतामूलक उक्त एप्स एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको हो । अबको केही दिनमा आइओएस प्रयोगकर्तालाई समेत यो फिचर उपल्ध हुने कम्पनीले जानकारी दिएको छ ।
उक्त एप्समा नयाँ फिचरको रुपमा अब नेपाली भाषाको विकल्प पनि छनोट गर्न सकिनेछ । साथैे दैनिक रुपमा गरिने खर्च र आम्दानीको हिसाब विवरण राख्ने “फाइनान्स ट्याकर” को फिचर र व्यक्तिगत वा संस्थाको दैनिक लेनदेन कर्जा सापटीको लेखा राख्न सकिने “क्रेडिट ट्याकर” सुविधालाई थप व्यवस्थीत गरि सामान्य नागरिकले समेत प्रयोग गर्न सकिने गरी अध्यावधीक गरिएको छ ।
सूचनाहरुलाई अडियो नेपाली भर्सनमा समेत सुन्न मिल्ने गरी अध्यावधिक गरएको छ । फाइनान्सीयल क्यालकुलेटरमा सेयरबजारसँग सम्बन्धीत क्यालकुलेटरहरुको थप सुविधाहरु थपिएको कम्पनीले जनाएको छ ।
“फाइनान्सीयल नोटिसेस्” आम नेपाली नागरिकको दैनिक जीवनमा वित्तीय सूचनाको माध्यमबाट आधुनीक प्रविधिको प्रयोगले वित्तीयरुपमा साक्षर बनाउने नेपाल कै पोहिलो र एकमात्र वित्तीय सूचनामुलक डिजिटल एप्स हो ।
छोटो समयमै नेपाली वित्तीय बजारमा लोकप्रिय बन्दै गएको “फाइनान्सीयल नोटिसेस्” एप्स बाट आफुले कारोबार गर्ने वा जानकारी लिन चाहेको बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण सूचना, ताजा आर्थिक समाचार, नयाँ योजना तथा महत्वपूर्ण आर्थिक जानकारी, आगामी कार्यक्रमहरु, शेयर बजार लगानीका अवसर, शाखा संजाल, एटिएम रहेको ठाउँ, ब्याजदर, ऋणको अवधि, सेवा शुल्क, बैंकीङ्ग सेवा समय, सेयर बजार, रोजगारी, त्रैमासिक वित्तीय विवरण, ई–बैंकिङ सेवा÷सुविधाको जानकारी लिन सकिन्छ ।
त्यस्तै एप्सबाट बैंक, वित्त, बीमा र पूँजि बजारको सम्पूर्ण आर्थिक गतिविधि, लगानीको अवसर, सम्भावना र चुनौती, समग्र अर्थतन्त्रको अवस्था, सरकारको नीति, नेपाल र विश्व अर्थ जगतकोे सम्पूर्ण आर्थिक जानकारी लिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस