aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

'एनआइबीएलसँग पूर्वको विकास बैंक मर्ज गर्ने'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ असार २०७६
'एनआइबीएलसँग पूर्वको विकास बैंक मर्ज गर्ने'

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले हिमालयन बैंकले पूर्वको विकास बैंकसँग थप मर्ज गर्ने भएको छ ।  इन्भेष्टमेन्ट बैंक र  जेबिल्स फाइनान्सलाई एक्वायर गर्ने प्रस्तावलाई पारित  शुक्रबार बसेको विशेष साधारणसभामा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले पूर्वको एक  विकास बैंक पनि मर्ज गर्ने बताएका हुन । उनले कुन विकास बैंकसँग मर्ज गर्ने भन्ने नाम भने खुलाएनन तर पूर्वमा कार्यक्षेत्र बनाएर काम गरिरहेको मितेरी डेभलपमेन्ट बैंकसँग मर्जको तयारी गरिरहेको बुझिएको छ । 

मितेरी डेभलपमेन्ट बैंकसँग एनआइबीएलसँग पहिलादेखि नै सहकार्य गर्दै आएको विकास बैंक भएकाले पनि मर्ज हुन सक्ने स्रोतले बताएको छ । बीग मर्जरको विषयमा अध्यक्ष पाण्डेले राम्रो सुविधा दिएको अवस्थामा भने ठूला बैंकसँग मर्जरबारे विचार गर्न सकिने बताए । 

प्रतिक्रिया दिनुहोस