aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बैंक अफ काठमाण्डूद्वारा अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ फागुन २०७७
बैंक अफ काठमाण्डूद्वारा अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ । बैंकका संचालक प्राडा हेमराज सुबेदीज्यूले एक कार्यक्रमकाबिच उक्त सेतो छडी  अपाङ्गता संरक्षण नेपालका प्रमुख बिरोध खतिवडालाई हस्तान्तरण गरेका हुन् । 

बैंकद्वारा हस्तान्तरण गरीएको उक्त सेतो छडीले दृष्ट्रिबिहिन व्यक्तीहरुलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जिवनयापन सहज बनाउन सहयोग मिल्ने विश्बास बैंकले लिएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 
 
 

प्रतिक्रिया दिनुहोस