aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

धान्यान्चल बचत तथा ऋण सहकारीको पैसा चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ फागुन २०७७
धान्यान्चल बचत तथा ऋण सहकारीको पैसा चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ वनस्थलीस्थित धान्यान्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ३ लाख ३३ हजार २ सय ५० रूपैयाँ गएराति चोरी भएको छ ।

उक्त सहकारीमा कोही नभएको अवस्थामा दराजभित्र रहेको सेफबाट उक्त रकम चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस