aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बजारबाट २० अर्बको तरलता खिच्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ फागुन २०७७
बजारबाट २० अर्बको तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । बजारमा अधिक तरलता भइरहेको बेला नेपाल राष्ट्र बैंकले रिर्भस रिपो मार्फत सो बराबरको तरलता उठाउन लागेको हो । बिहिबार जारी हुने उक्त रिर्भस रिपो एक सातामा परिपक्व हुनेछ । उक्त रिपो न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत बिक्री हुनेछ । सो प्रक्रियामा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनि सहभागी हुन सक्नेछन् ।

अहिले बजारमा ७० अर्बको रिभर्स रिपो बिक्री भइसकेको छ । यो २० अर्ब थप हुँदा यो उपकरण मार्फत कुल तरलता प्रशोचन ९० अर्ब पुग्नेछ । अहिले बजारमा भारित औसत अन्तर बैंक दर ०.४९४५ प्रतिशत छ । यो दरले रिपोको ब्याज दरलाई समेत प्रभाव पार्नेछ । अहिले बजारमा करिब १ खर्ब रुपैया अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस