aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सनराइज बैंकको ग्राहकलाई मनकामना केबल कारको टिकट खरिदमा क्यास व्याक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ फागुन २०७७
सनराइज बैंकको ग्राहकलाई मनकामना केबल कारको टिकट खरिदमा क्यास व्याक

काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्माटको प्रयोग गरि मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने योजना ल्याएको छ ।  
 
यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको सन्राइज स्मार्ट प्रयोग गरि खरिद गरिएको हरेक टिकटमा ने.रु. १०० क्यास व्याक प्रदान गर्नेछ । यो योजना २०७७ फाल्गुण ७ देखि चैत मसान्तसम्म रहनेछ ।  

कोभिड १९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ ।

डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले बिभिन्न नबिनतम् सेवा सुबिधा ल्याउँदै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस