aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिभिल बैंकको आज साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ फागुन २०७७
सिभिल बैंकको आज साधारण सभा

काठमाडौं । सिभिल बैंक लिमिटेडको वार्षिक साधारण सभा आज आइतबार  हुने भएको छ । बैंकको माघ १५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको दशौँ वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय, सुन्धारा, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने भएको हो । 

सउक्त साधारणसभा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।  बैंकले साधारण सभा प्रयोजनका लागि माघ २३ गते एक दिन बुकक्लोज गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस