
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव ६८ प्रतिशत लाभांश सुरक्षित गर्ने फागुन १० गते (आज) अन्तिम दिन रहेको छ ।
कम्पनीले यस वर्ष १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले फागुन २५ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले फागुन १० गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
बुक क्लोजको आधारमा फागुन १० गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
यस वर्ष गत वर्षको तुलनामा भने कम लाभांश कम्पनीले दिन लागेको हो । गत वर्ष यस कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १५ दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस