aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

एनएमबिको क्युआर कोडबाट नमुना कृषि बजार दमकमा विद्युतीय भुक्तानी शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० फागुन २०७७
एनएमबिको क्युआर कोडबाट नमुना कृषि बजार दमकमा विद्युतीय भुक्तानी शुरु

काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित नमुना कृषि बजार, दमकमा क्युआर कोडमार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न शुरु गरेको छ । बैंकले एक् कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानीबाट कारोबार शुरु गरेको हो । 

बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोवार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ । 
 
कार्यक्रमको औपचारिक शुभारम्भ बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरेले उक्त कृषि बजारको व्यवसायीको पसलमा विद्यतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेर गरेका थिए । कार्यक्रम दमक शाखाको अगुवाईमा भएको थियो । 

यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकलाई विभिन्न किसिमका विद्युतीय भुक्तानीका माध्यम प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस