aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

दैनिक करिब ३ अर्ब कर्जा प्रवाह गर्दै बैंकहरू, निक्षेप संकलनमा भने घट्यो बचतकर्ताको चासो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ फागुन २०७७
दैनिक करिब ३ अर्ब कर्जा प्रवाह गर्दै बैंकहरू, निक्षेप संकलनमा भने घट्यो बचतकर्ताको चासो

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूले दैनिक २ अर्ब ८२ करोड ८५ लाख रुपैयाँका दरले कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरूले गत माघ २ गतेदेखि फागनु ७ गतेसम्म सो कर्जा लगानी गरेका हुन् । माघ २ गतेदेखि फागुन ७ गतेसम्मको ३५ दिनको अवधिमा बैंकले ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । फागुन महिनाको पहिलो सातामात्रै १८ अर्ब कर्जा प्रवाह भएको नेपाल बैकर्स संघको तथ्यांकले देखाएको छ । 

त्यसै माघदेखि फागुन यो अवधिसम्म निक्षेप संकलनको ट्रेन हेर्ने हो भने निक्षेप संकलनमा भने खासै उत्साह देखिदैन । बैंकहरूले प्रदान गर्ने न्यून ब्याजका कारण आम निक्षेपकर्ताहरूले बैंकमा पैसा नराखेका हुन् । बैंकलेभन्दा सहकारी संस्थाहरूले बढी ब्याज उपलब्ध गराउने भएका कारणले पछिल्लो समय आफ्नो चिनजानको सहकारीमा पैसा डिपोजिट गर्न अधिकाशं निक्षेपकर्ता अग्रसर भएका छन् । निक्षेप घट्नुको प्रमुख कारण बैंकहरूले दिने न्यून ब्याजदर नै हो । बैंकहरुको कर्जा लगानीमा केही संकुचन देखिए पनि निक्षेप संकलनमा आक्रमक देखिएका छन् ।

पछिल्लो समय विकास निर्माणको कामले गतिलिने क्रम बढ्दो छ । सोही कारण सरकारी खर्च भयो भने बैंकमा पैसा आउने बैसरहरूको भनाइ छ । 
पछिल्लो कोरोना कारण प्रभावित भएका अर्थतन्त्र चलायमान हुन थालेसँगै बैंकहरूमा कर्जाको माग बढ्न थालेको छ । आयातमा भएको वृद्धि तथा शेयर बजार एवम् घरजग्गाको कारोबार भएको वृद्धिले बैंकहरूमा कर्जाको माग बढेको हो । हुन त मंसिरदेखि नै कर्जाको माघ बढ्दै गएको थियो । यसले अझ तिव्रता पाएको हो । 

कोरोनाका कारण आर्थिक गतिविधि ठप्प हुँदा बैंकहरूमा पैसा थुप्रिएको थियो । बैंकिङ प्रणालीमा निक्षेप थपिरहने तर कर्जा प्रवाह नहुँदा बैंकहरूमा अधिक तरलता थियो । पछिल्लो समय यो घट्दो क्रममा छ । रोकिने हुदाँ अधिक तरलताको समस्या देखियो । बैंकहरुमा निक्षेपमा राख्न न्यून प्रतिफल आउने भएपछि निक्षेपकर्ताले अधिक प्रतिफलका लागि शेयर बजार र घरजग्गा तर्फ पैसा लगाउन थालेका हुन् ।


नेपाल राष्ट्र बैंकका अनुसार अझै पनि वित्तीय प्रणालीमा करिब ८० अर्ब तरलता रहेको छ । तर, पनि चालु आर्थिक वर्षको फागुन महिनाको पहिलो सातामा बैंकहरूले १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । फागुन ७ गतेसम्ममा वाणिज्य बैंकहरूले ३७ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छन् । यो अवधिमा बैंकहरुले ३३ अर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस