aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ फागुन २०७७
कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गबीच सम्झौता

काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु  लिंदा सेवाप्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई विस्तार गर्दै उद्देश्य कुमारी बैंक लिमिटेडले जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था  गरेको छ ।  

कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गका तर्फबाट प्रबन्ध निर्देशक ममता हमाल घिमिरेले हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौता–पत्र अनुसार जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गमा एमआरआइ सीटी स्क्यान लगायत अल्ट्रा साउन्ड शुल्कमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ । 
 

प्रतिक्रिया दिनुहोस