aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कामना सेवा विकास बैंकको ऋणपत्र बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ फागुन २०७७
कामना सेवा विकास बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँट गरेको छ । कम्पनीले ९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको थियो । 

कुल कित्तामध्य रू. ६० करोड बराबरको ६ लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गरेको छ भने रू. ४० करोड बराबरको ४ लाख कित्ता भने आम सर्वसाधारणका लागि छुट्याईएको थियो । 

सर्वसाधारणका लागि छुट्याएको मध्य ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकेको कम्पनीले जानकारी दिएको छ । विक्री खुलाको अवधिमा रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई ८ लाख ९९ हजार ३६८ कित्ता ऋणपत्र फागुन १२ गते बुधवार बाँडफाँट गरिएको कम्पनीले सुचना मार्फत जानकारी दिएको छ । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस