aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ फागुन २०७७
स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

काठमाडौं । फागुन १५ गतेदेखि २८ गतेसम्म साधारण सभाका लागि बुक क्लोज गर्न लागेको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने फागुन १३ गतेनै अन्तिम दिन रहेको छ । बुक क्लोज अघिको अन्तिम कारोबार फागुन १३ गते रहेकाले सो दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
 
यस कम्पनीले १२ दशमलव ३९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि फागुन २९ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा कम्पनीले विहान ११ः३० बजे सभा बोलाएको हो । 

हाल कायम कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ५९ लाख ३७ हजारको आधारमा उक्त लाभांश दिन लागेको हो । सभाले अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्ने भएमा सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । 

बुक क्लोजको आधारमा फागुन १३ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । स्वरोजगारसँगै गणपति लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको पनि लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारनै रहेको छ । यी दुबै कम्पनीले आगामी साधारण सभाका लागि फागुन १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्न लागेका हुन । 

प्रतिक्रिया दिनुहोस