
काठमाडौं । स्वाभिमान लघुवित्त संस्थाको चौथो साधारणसभाले सस्थाको सञ्चालक समितिले प्रस्ताव गरेको बोनस पारित गरेको छ । साधरणसभाले संस्थाको चुक्तापँजी ७६७०७६४० रुपैयाँको २१.०५ प्रतिशत लाभांश पारित गरेको हो । विहीबार सम्पन्न साधारणसभाले २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
तिलोत्तमा रुपन्देशीमा केन्द्रीय कार्यालय रहेको सस्थाका हाल ७ वटा जिल्लामा २८ वटा शाखा कार्यालयहरु रहेका छन् । २०७७ माघसम्म संस्थामा २११३२ जना ग्राहक सदस्य रहेका छन् ।
त्यस्तै ११३७५ जना ऋणी रहेका छ । सस्थाको लगानी १ अबै २८ करोड रहेको संस्थाले जनाएको छ । सस्थाले ४३ करोड ५४ लाख बचत संकलन गर्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस