
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्युआर कोड विस्तारित गर्नेक्रममा पशुपति क्षेत्र विकास कोषको संरक्षण तथा व्यवस्थापन रहेको सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुको आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ क्युआर कोडको सेवो शुक्रबार एक औपचारीक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट समुद्घाटन भएको हो ।
उक्त कार्यक्रम पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल, बैंक अफ काठमाण्डू लिमिटेडको संचालक समिति अध्यक्ष प्रकाश श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको शुभारम्भमा सम्माननीय गभर्नर श्री महाप्रसाद अधिकारीज्यूले डिजिटल दान पेटिकाको क्युआर कोड स्क्यान गरी पशुपतिनाथ भगवानलाई डिजिटल तवरले दान गरी समुद्घाटन गरे ।
प्रतिक्रिया दिनुहोस