aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

माछापुच्छ्रे बैंकले बनायो पोखरालाई क्युआर मय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ फागुन २०७७
माछापुच्छ्रे बैंकले बनायो पोखरालाई क्युआर मय

काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि तथा पोखरा कै सिद्दार्थ चोकमा रहेको कम्प्लेक्समा शुक्रबार देखि एकैसाथ क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखराका ३ स्थानमा एकैपटक भव्य क्यु आर कोड समुद्घघाटन समारोहको आयोजना गरेको हो ।

पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कामु निर्देशक पुस्कर सुर्खाली ज्यु तथा माछापुच्छ्रे बैंकका संचालक रोशन केसी ज्युले संयुक्त रुपमा उक्त समारोहको समुद्घघाटन गरेका हुन् । 

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका सञ्चालक विश्वप्रकाश गौतम तथा श्रीमती सिर्जना कार्कीको पनि उपस्थिती रहेको थियो । यो सेवा संचालनमा आएपछि हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन् ।  

त्यसैगरि पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्यु आर कोडको प्रयोग गरि ट्याक्सी भाडा तिर्न सक्नेछन् । ग्राहकले क्युआर कोड सेवा निशुल्क प्रयोग गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस