aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

पैसा नभएको खाताको चेक काट्ने सुरेश मानन्धर पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ फागुन २०७७
पैसा नभएको खाताको चेक काट्ने सुरेश मानन्धर पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२२ पाको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश मानन्धरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

बैंकिङ कसुरका २ वटा मुद्दामा उच्च अदालत पाटनको २०७७ मङ्सिर १५ गतेको फैसलाले क्रमशस् २० दिन कैद र करिब ३० लाख रूपैयाँ जरिवाना तथा १५ दिन कैद र २६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका सुरेशलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले झम्सीखेल लतितपुरमा छुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
  
सुरेशले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी/जानी लक्ष्मी बैंक लिमिटेड, शाखा कार्यालय हात्तिसार  काठमाडौंमा भएको खाताबाट पीडितलाई रकम भुक्तान हुने गरी चेकहरु दिएकोमा बैंकिङ कसूरजन्य अपराध ठहर भएको थियो । सुरेशलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस