काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको क्युआर कोड सहितको ग्राहक परिचय पत्र, इसेवा मार्फत किस्ता तथा बचत तिर्ने ब्यवस्था गरेको छ । वित्तीय साक्षरताको लागि प्रविधि मैत्री घुम्ती बस सेवा शुभारम्भको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारकले उक्त सेवाको उद्घाटन गरेका छन ।
यस वित्तीय संस्था मिति २०५८ साल देखि नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजत पत्र प्राप्त गरी नेपालका ६७ वटा जिल्लामा १३७ वटा शाखा तथा ६० वटा डिजिटल प्वाईन्ट कार्यालयहरु मार्फत करिव ३ लाख ८० हजार भन्दा बढी विपन्न परिवारमा लघुवित्त सेवा पु¥याउँदै हाल नेपालको लघुवित्त क्षेत्रमा एक अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको छ । समयको आवश्यकतालाई महशुस गर्दै वित्तीय संस्थाले आफ्ना ग्राहकहरुलाई प्रविधि मैत्री लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।
हालै यस वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको लागि क्युआर कोड सहितको परिचय पत्र उपलब्ध गराउने र सो परिचय पत्रमा रहेको क्युआर कोडलाई इसेवा एप्लिकेशनको माध्यमबाट स्क्यान गरी इसेवा मार्फत आफ्नो किस्ता र बचत रकम तिर्न सकिने व्यवस्था गरेको छ । साथै, यस अघि देखि नै वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको छ ।
यस कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गबाट दूर दराजमा रहेका गाउँगाउँसम्म पु¥याउँनको लागि प्रविधि मैत्री घुम्ती सवारी साधन (बस) को प्रयोग गरी वित्तीय पहूँच कम भएका दुर्गम ग्रामीण क्षेत्रमा वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन तथा बिस्तार गरी प्रविधिको प्रयोग तर्फ अगाडि बढेको छ ।
हाल यस वित्तीय संस्थाले सञ्चालन गर्न लागेको प्रविधि मैत्री उपलब्धिहरु (त्तच् ऋयमभ सहितको ग्राहक परिचय पत्र, भक्भधब मार्फत किस्ता तथा बचत तिर्ने ब्यवस्था, वित्तीय साक्षरताको लागि प्रविधि मैत्री घुम्ती बस सेवा) नेपालको लघुवित्त क्षेत्रमा पहिलो प्रयास भएको र यसबाट लघुवित्त संस्थाका ग्राहकहरुले विना झन्झट आफ्नै घर गाउँमा सुलभ ढङ्गबाट लघुवित्त सेवा उपभोग गर्न सक्ने विश्वास लिईएको छ ।
यसलाई औपचारिक रुपमा ग्राहक वर्गहरुसम्म पु¥याउँनको लागि यस वित्तीय संस्थाको काभ्रेपलाञ्चोक जिल्लामा रहेको शाखा कार्यालय बनेपाको कार्यक्षेत्रबाट उक्त सेवाको उद्घाटन मिति २०७७ फाल्गुन १५ गते शनिवार नेपाल राष्ट्र बैंकका गभर्नर श्रीमान् महा प्रसाद अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा सुसम्पन्न भयो ।
यस अवसरमा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा, जोशीले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारे जनाकारी गराएका थिए । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कडेल,नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल,नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक राम प्रसाद गौतम, नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका निर्देशक निश्चल अधिकारीको उपस्थिति रहेको थियो ।
त्यस्तै, बनेपा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दान बहादुर शाही, छिमेक लघुवित्त वित्तीय संस्थाका सञ्चालक अनुम मास्क,छिमेक लघुवित्त वित्तीय संस्थाका सञ्चालक मनोज कुमार यादव, छिमेक समाज सेवा संस्थाका अध्यक्ष तथा यस वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस