aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कोभिड खोप तथा अन्य स्वास्थ्य सेवाको लागि करिब ३ अर्ब सहयोग गर्दै विश्व बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ फागुन २०७७
कोभिड खोप तथा अन्य स्वास्थ्य सेवाको लागि करिब ३ अर्ब सहयोग गर्दै विश्व बैंक

काठमाडौं । विश्व बैंकले नेपाललाई नोभेल कोरोना भाइरस (कोभिड–१९) खोप खरिद गर्न अन्य स्वास्थ्य सेवाको लागि २ अर्ब ९२ करोड ५० लाख (२५ मिलियन यूस डलर) रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले विश्वव्यापी रुपमा फैलिएका महामारीको रुपमा फैलिएको कोभिड विरुद्धको खोप खरिद गर्न तथा अन्य स्वास्थ्य सेवाको लागि यो सहयोग उपलब्ध गराउन लागेको अर्थ मन्त्रालयका प्रवक्ता डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।

‘विश्व बैंक बोर्डले नेपाललाई २५ मिलियन अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरिसकेको छ,’ उनले भने ‘अब हाम्रो मन्त्रीपरिषद्ले पास गरेपछि सम्झौता गर्छौ ।’ उक्त रकम विश्व बैंकले फास्ट ट्रयाकमार्फत उपलब्ध गराउने छ । नेपाल सरकारले पनि कोभिड खोप खरिदका लागि दुई पटक ५०/५० गरी एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।

नोभेल कोरोना भाइरस अहिलेसम्म ६० भन्दा बढी देशमा फैलिसकेको छ । फास्ट ट्रयाक प्याकेज अन्तर्गत कोभिड विश्व बैंकले स्वास्थ्य प्रणाली सुधार, स्वास्थ्य सेवामा राम्रो पहुँच, महामारीबाट सुरक्षा, रोगप्रकोपको निगरानी वृद्धि, जनस्वास्थ्य सुधार र निजी क्षेत्रसँगको सहकार्यमा आर्थिक असर न्यूनीकरणका क्षेत्रमा काम गरिने उल्लेख छ । विश्व बैंकका अध्यक्ष डेभिड मल्पासले विकासशील राष्ट्रले नोभेल कोरोना भाइरसको प्रकोप र असरसँग जुझ्न आवश्यकताअनुसार सहायता लिन सक्ने बताएका छन्। ‘यो आपत्कालीन सहयोग हो । 

विश्व बैंकले प्राथमिक स्वास्थ्य सेवा सुधार, रोगको अनुगनम र स्वास्थ्यकर्मीलाई प्रशिक्षण प्रदान गर्नेछ। जनविश्वास कायम गर्न समुदायको सहभागितामा विपन्न परिवारका बिरामीको उपचारका लागि सहयोग गर्नेछ। राष्ट्रलाई विश्वव्यापी विशेषज्ञतामा पहुँचका लागि विश्व बैंकले नीतिगत र प्राविधिक सल्लाह प्रदान गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस