
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले गत माघ १३ गतेदेखि फागुन ३ गतेसम्म विक्री गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले पुस २८ गतेसम्म कायम शेयरधनीहरुका लागि १ बराबर १ को अनुपातमा ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।
उक्त अवधिमा रितपूर्वक आवेदन दिने ८३२ जनालाई ६ लाख ३२ हजार ४३० कित्ता शेयर फागुन १४ गते बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको हो । कम्पनीले निष्कासन गरेको कुल कित्तामध्य २३ हजार ७३९ कित्ता हकप्रद शेयर भने वितरण हुन सकेन ।
कम्पनीले उक्त अवितरित शेयर लिलामी प्रकृयाबाट विक्री गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रु. ६ करोड ५६ लाख १६ हजार ९०० रहेको छ भने हकप्रदपश्चात यो पूँजी रु. १३ करोड १२ लाख ३३ हजार ८०० पुग्नेछ । कम्पनीको हकप्रद शेयर विक्री प्रवन्धकको जिम्वेवारी ग्लोबल आइएमई क्यापीटल लिमिटेडले पाएको छ ।
यस कम्पनीले शतप्रतिशत हकप्रद शेयरपछि फेरी २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने तयारी गरेको छ । शतप्रतिशत हकप्रद पछि २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव कम्पनीले माघ १६ गते सम्पन्न १९औं वार्षिक साधारण सभा बाट पारित गरिसकेको छ ।
शतप्रतिशत हकप्रदपश्चात कायम चुक्तापुँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरी रू. ३९ करोड ३७ लाख १ हजार चुक्तापूँजी पु¥याउने योजना कम्पनीको छ ।
प्रतिक्रिया दिनुहोस