aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

तीन सञ्चालकको निर्वाचन प्रस्ताव सहित बैंक अफ काठमाण्डूले बोलायो विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ फागुन २०७७
तीन सञ्चालकको निर्वाचन प्रस्ताव सहित बैंक अफ काठमाण्डूले बोलायो विशेष साधारण सभा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले चैत ३ गते विशेष साधारण सभा बोलाएको छ । नेपाल पज्ञा प्रतिष्टान, कमलादी, काठमाडौंमा विहान १० बजे बैंकले भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।
 
विशेष साधारण सभा मार्फत बैंकले सर्वसाधारण समूहबाट प्रतिनिधित्व हुने गरी तीन जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । त्यस्तै नेपाल राष्ट्र बैंक वा अन्य नियमन निकायबाट कुनै थपघट वा संशोधन गर्ने निर्देशन भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय पनि सभाबाट पारित गर्ने बैंकको तयारी छ ।

सभा प्रयोजनका लागि बैंकले फागुन २३ गतेदेखि चैत ३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस