काठमाडौं । सानिमा बैंक लिमिटेडले मिति सोमबार काठमाडौंको कीर्तिपूर (पाङ्गा दोबाटो) मा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचायले गरेका हुन् ।
उद्घाटन समारोहमा मह जोडीले कीर्तिपूरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा एटिएम संचालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस