
काठमाडौं । लाभांशका सम्बन्धमा सांग्रिला डेभलपमेण्ट बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण पठाएको छ । कारोबार भैरहेको समयमा आइतवार लाभांश सम्बन्धी सुचना उपलब्ध गराएको भन्दै कारोबार रोक्का गर्दै स्पष्टिकरण माग गरेको नेप्सेलाई सोमवार कम्पनीले स्पष्टिकरण पठाएको हो ।
निर्णय हुनसाथ तुरुन्तै जानकारी गराउँने उदेश्यले सुचना पेश गरेको स्पष्टिकरण कम्पनीले नेप्सेमा पठाएको छ । आगामी दिनमा धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था बमोजिम सुचना उपलब्ध गराउने प्रतिवद्धता समेत कम्पनीको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०७६÷७७ को लागि ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कायम चुक्तापूँजी रू. २ अर्ब ६० करोड ६६ लाख ४० हजारको आधारमा कम्पनीले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रतिक्रिया दिनुहोस