aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

सिटिजन्स बैंकका ग्राहकहरुलाई सुप्रिम क्याफे एन्ड लाऊन्जमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ फागुन २०७७
सिटिजन्स बैंकका ग्राहकहरुलाई सुप्रिम क्याफे एन्ड लाऊन्जमा विशेष छुट

काठामडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुप्रिम क्याफे एन्ड लाऊन्ज बार प्राली न्यूरोड बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट÷प्रिभिलेज कार्डवाहकहरुले सुप्रिम क्याफे एन्ड लाऊन्ज बारमा सेवा लिदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस