
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूले दैनिक करिब ४ अर्बका दरले कर्जा विस्तार गरिरहेका छन् । फागुन ७ गतदेखि १४ गतेसम्मको यो अवधिमा बैंकहरूले जम्मा २७ अर्ब कर्जा लगानी गरेका छन् । फागुन महिनाको पहिलो सातामात्रै १८ अर्ब कर्जा प्रवाह भएको नेपाल बैकर्स संघको तथ्यांकले देखाएको छ । फागुन १४ गतेसम्म कुल कर्जा लगानी बढेर ३३ खर्ब ६२ अर्ब पुगेको छ भने निक्षेप ३८ खर्ब ९ अर्ब रहेको छ ।
यो अवधिमा निक्षेप संकलनको ट्रेन हेर्ने हो भने फागुन महिनामा २३ अर्ब निक्षेप संकलन भएको छ । फागुन ७ गतेदेखि १४ गतेसम्मको यो अवधिमा बैंकहरूले १० अर्ब रुपैयाँमात्र निक्षेप संकलन गरेका हुन् । कर्जा प्रवाहको रेसियो निक्षेप संकलन अत्यन्त न्यून देखिएको छ । बैंकहरूले निक्षेपको ब्याजदर कम दिएसँगै निक्षेपमा लगानीकर्ताहरूको आकर्षण देख्न सकिएको छैन । पछिल्लो समय विकास निर्माणको कामले गतिलिने क्रम बढ्दो छ । सोही कारण सरकारी खर्च भयो भने बैंकमा पैसा आउने बैसरहरूको भनाइ छ ।
माघदेखि फागुन यो अवधिसम्म निक्षेप संकलनको ट्रेन हेर्ने हो भने निक्षेप संकलनमा भने खासै उत्साह देखिदैन । बैंकहरूले प्रदान गर्ने न्यून ब्याजका कारण आम निक्षेपकर्ताहरूले बैंकमा पैसा नराखेका हुन् । निक्षेप घट्नुको प्रमुख कारण बैंकहरूले दिने न्यून ब्याजदर नै हो ।
पछिल्लो कोरोना कारण प्रभावित भएका अर्थतन्त्र चलायमान हुन थालेसँगै बैंकहरूमा कर्जाको माग बढ्न थालेको हो । आयात, शेयर बजार एवम् घरजग्गाको कारोबार भएको वृद्धिले बैंकहरूमा कर्जाको माग बढेको हो । बैंकहरुमा निक्षेपमा राख्न न्यून प्रतिफल आउने भएपछि निक्षेपकर्ताले अधिक प्रतिफलका लागि शेयर बजार र घरजग्गा तर्फ पैसा लगाउन थालेका हुन् ।
त मंसिरदेखि नै कर्जाको माघ बढ्दै गएको थियो । यसले अझ तिव्रता पाएको हो । कोरोनाका कारण आर्थिक गतिविधि ठप्प हुँदा बैंकहरूमा पैसा थुप्रिएको थियो । बैंकिङ प्रणालीमा निक्षेप थपिरहने तर कर्जा प्रवाह नहुँदा बैंकहरूमा अधिक तरलता थियो । पछिल्लो समय यो घट्दो क्रममा छ । यसरी नै कर्जा प्रवाह बढिरहने हो भने अबको केही समयमा नै क्रेडिट क्रन्चको समस्या देखिने बैंकरहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस