aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ फागुन २०७७
राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार  १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो । 

ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ । 

केन्द्रीय बैंकले मङ्गलबार अपराह्न ३ बजे उक्त ऋणपत्र बोलकबोल हुने जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याजकर लाग्नेछ । 

विवरणअनुसार प्रतिस्पर्धीलाई रु आठ अर्ब ५० करोड र अप्रतिस्पर्धीलाई रु एक अर्ब ५० करोड छुट्याइएको छ । घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाई रु ५० हजारले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस