aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्कासन मिति परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ फागुन २०७७
प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्कासन मिति परिवर्तन

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले फागुन १९ गतेदेखि निष्कासन गर्ने भनिएको ऋणपत्रको मिति परिवर्तन भएको छ । बैंकले फागुन १९ गते बुधबारबाट ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने तयारी गरेको ऋणपत्रको निष्कासन मिति फागुन २८ गतेलाई सारेको हो । 

 ‘८ दशमलव ७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ ऋणपत्रको निष्कासन तथा विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  २१ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकोमा ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषको हिस्सा रहनेछ ।

उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । ऋणपत्रमा आवेदन दिने अन्तिम मिति छिटोमा फागुन २३ गते र ढिलोमा चैत ४ गतेसम्म रहेको छ । कम्पनीले निष्कासन गर्ने उक्त ऋणपत्रलाई केयर रेटिङ नेपालले केयर एनपी सिंगल ए माइनस रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस